site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान पूजा आईसीसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा 

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टिमकी कप्तान पूजा महतो आईसीसी यू–१९ विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा पर्न सफल भएकी छन् ।

आईसीसीले सोमबार जारी गरेको प्रतियोगिताको सर्वोत्कृष्ट १२ खेलाडीमा पूजा छैटौँ नम्बरमा छिन् । प्रतियोगिताको सर्वोत्कृष्ट टिममा पर्न सफल पूजा एसोसिएट राष्ट्रकै एक मात्र खेलाडी हुन् ।

पूजाले प्रतियोगितामा नेपालको नेतृत्व सम्हाल्दा ब्याटिङतर्फ ७० रन र बलिङमा नौ विकेट लिइन् । पूजा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको सातौँ र ब्याटिङतर्फ १७औँ स्थानमा छिन् ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले समूह चरणका सबै खेलमा पराजय व्यहोरेको थियो । तर, नेपालले १३औँदेखि १६औँ स्थानको प्लेअफमा मलेसियाविरुद्ध सात विकेटको जित निकालेको थियो ।

आईसीसी यू–१९ महिला विश्वकपको टिम अफ द टुर्नामेन्टमा पर्न सफल १२ खेलाडी–
गंगोदी त्रिशा (भारत), जेम्मा बोथा (दक्षिण अफ्रिका), डेविना पेरिन (इंग्ल्यान्ड), जी कमलिनी (भारत), मोइम्हे ब्राइ (अस्ट्रेलिया), पूजा महतो (नेपाल), काइला रेयनेका (दक्षिण अफ्रिका – कप्तान), काटिया जोनस (इंग्ल्यान्ड – विकेटकिपर), आयुशी शुक्ला (भारत), चमोदी प्रबोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत) र एनथाविसेङ निनी (दक्षिण अफ्रिका) ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro