site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको बजेट : फोन, ल्यापटपसहित यी वस्तु सस्तो हुने

काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा बजेट प्रस्तुत गरिन् । यो बजेटमा मध्यमवर्गलाई ठूलो राहत दिइएको छ ।

भारतीय अर्थतन्त्रमा मन्दीलगायत विषयमा सवालका बीच यो बजेटमा समाजका विभिन्न वर्गलाई राहत दिने प्रयास देखिएको छ ।

बजेटमा के सस्तो/महँगो ?
सस्तो : एलसीडी र एलईडीमा २.५ प्रतिशत भन्सार हटाइएको छ । योसँगै भारतमा फोन, ल्यापटप र ट्याब्लेट सस्तो हुनेछ ।

लिथियम ब्याट्रीमा छुट दिइएको छ । त्यसले भारतमा विद्युतीय कार, मोटरसाइकल र मोबाइल सस्तो हुने भएको छ ।

बजेटमा पीसीबीए पार्ट्स, क्यामेरा मोड्युल, कनेक्टर, तारयुक्त हेडसेटको कच्चापदार्थ, माइक्रोफोन र रिसिभर, यूएसबी केबल, फिंगरप्रिन्ट रिडर, मोबाइल फोन सेन्सरमा लाग्ने भन्सार महसुल खारेज गरिएको छ ।

बिमा क्षेत्रमा शतप्रतिशत लगानी छुटले बिमा प्रिमियम पनि घटाउन सक्छ । कपडा र छालाका सामान पनि सस्तो भएको छ ।

महँगो : अन्तरक्रियात्मक डिस्प्ले प्यानलमा आयात शुल्क १० बाट बढाएर २० प्रतिशत पुर्‍याएको छ । यसले प्रिमियम स्मार्ट डिस्प्ले महँगो बनाउनेछ ।

बजेटमा महत्त्व दिइएको क्षेत्र
बजेटमा वित्तमन्त्री सीतारमणले किसान क्रेडिट कार्डमार्फत पाइने ऋणको सीमा तीन लाखबाट बढाएर पाँच लाख पुर्‍याएकी छन् । यसले किसानलाई समयमै कृषि कार्य सम्पन्न गर्न निकै फाइदा हुनेछ ।

यसबाट ७.७ करोड किसान लाभान्वित हुने अनुमान गरिएको छ । मलको उत्पादन बढाउन नयाँ मल कारखाना खोलिने पनि बताइएको छ ।

यस्तै, १०० जिल्लालाई प्रधानमन्त्री धनधान्य योजनामा समावेश गरिनेछ । यसबाट करिब १.७ करोड किसान लाभान्वित हुनेछन् । फलफूल तथा तरकारी उत्पादनका निम्ति समेत व्यवस्था गरिएको छ ।

स्टार्टअपका निम्ति कर्जाको सीमा २० करोड रुपैयाँ पुर्‍याइएको छ । हालसम्म १० करोड रुपैयाँ थियो । यो २७ क्षेत्रमा दिइनेछ ।

औषधि र उपचारको चक्रमा फसेका जनतालाई पनि ठूलो राहत दिइएको छ । अब भारतका हरेक जिल्ला अस्पतालमा क्यान्सर उपचारका निम्ति डे केयर सेन्टर स्थापना गरिने भएको छ ।

योसँगै ३६ क्यान्सर र जीवनरक्षक औषधिलाई करमुक्त गरिएको छ । ६ औषधिमा महसुल ५ प्रतिशतमा झारिएको छ ।

एआईको शिक्षाका निम्ति ५०० करोड भारु छुट्ट्याइएको छ । चिकित्सा शिक्षाका निम्ति १० हजार सिट बढाएर आउँदो पाँच वर्षमा ७५ हजार पुर्‍याइनेछ । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro