site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
धुर्मुसलाई प्रश्न– मोहम्मद आफतव आलम जस्तै किन बन्नुभयो ?  

काठमाडौं । कलाकार सिताराम कट्टेल (धुर्मुस) चलचित्र ‘लाज शरणम्’मा पूर्वमन्त्री मोहम्मद आफतव आलमको लुक्समा देखिएका छन् । पोस्टर र टिजर दुवैमा उनको लुक्स आलमको जस्तै देखिन्छ । 

तर, धुर्मुस र चलचित्रको निर्माणपक्षले यसलाई अस्वीकार गरेका छन् । आलमको लुक्समा सिनेमाको चरित्र निर्माण नभएको निर्माणपक्ष र धुर्मुसको दाबी छ । 

“त्यस्तो लागेको मात्रै हो । हामीले कसैको नक्कल गरेका छैनौँ । कोही नेता र व्यक्ति विशेषभन्दा पनि यो छुट्टै क्यारेक्टर हो,” धुर्मुस बाह्रखरीसँग भन्छन्, “यो अर्कै पात्र हो । सिनेमा हेरेपछि सबै कुरा स्पष्ट हुनेछ । हामी के कथा, कसरी कुन चरित्रमार्फत भन्दै छौँ भन्ने चलचित्र हेरेपछि मात्रै थाहा हुन्छ ।” 

चलचित्र ‘लाज शरणम्’का कार्यकारी निर्माता तथा कलाकार अर्जुन घिमिरे आफूहरूले समाचारमा आएपछि मात्रै आलमसँग धुर्मुसको लुक्स मिलेको थाहा पाएको भन्दै अनविज्ञता प्रकट गर्छन् । 

“व्यक्तिगत रूपमा म उहाँ (मोहम्मद आफतव आलम)लाई चिन्दिनँ रहेछु । तर, पूर्वमन्त्री र कांग्रेस नेता पनि हुनुहुँदोरहेछ । कांग्रेसमा रहेका केही साथीले पनि यस्तो पो आएछ के हो भन्नुभयो,” उनले भने ।  

कसैलाई व्यङ्ग्य गर्ने र नराम्रो देखाउने उद्देश्य आफूहरूको नरहेको अर्जुन प्रष्ट पार्छन् । धुर्मुसले चलचित्रमा निर्वाह गरेको चरित्र नेताको पनि नभएको उनले दाबी गरे ।  

“वास्तवमा नेताको क्यारेक्टर नै होइन । सिताराम दाइ व्यापारीको चरित्रमा हुनुहुन्छ,” उनले भने, “इन्डियन व्यापारीको चरित्र निभाउनु भएको छ । इन्डियन व्यापारीको क्यारेक्टर लुक्स बनाउने क्रममा केही उस्तै हुन गएको मात्र हो । अहिले जे कुरा आइरहेको छ, त्यस्तो होइन ।”

धर्मुस मुख्य भूमिकामा रहेको चलचित्र ‘लाज शरणम्’ फागुन १४ गते रिलिज हुँदै छ । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । 

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकार छन् ।

‘लाज शरणम्’को निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । 

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro