site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जन्मदिनमा ढकालले सार्वजनिक गरे ‘साहित्यमा मृत्यु–चिन्तन’

काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ पुस्तक ‘साहित्यमा मृत्यु– चिन्तन’ सार्वजनिक गरेका छन् ।

बिहीबार बागबजारमा आयोजित विमोचनमा प्रा.डा. सुरेन्द्र केसी, साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, समीर नेपाल, शीतल गिरी, केशव पराजुली, लेखक ढकाल लगायतले पुस्तक लोकार्पण गरे ।

जन्मसँगै जोडिएर आउने मृत्युले मानिसलाई एक पल पनि नछोड्ने भएकोले यो विषयमा अनुसन्धानमूलक कृति लेख्ने हुटहुटीले यो पुस्तक जन्माएको ढकालले बताए ।

अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ । पुस्तक वितरणको जिम्मा भुँडीपुराण प्रकाशनले लिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्