site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुब्बाको कृतिमाथि अन्तरक्रिया

काठमाडौं । सिक्किमका सर्जक टीबी चन्द सुब्बाको पुस्तक ‘विश्वमा मानव सभ्यता–जातीय बृहत् इतिहास–संस्कृति र परम्परा’ माथि अन्तरक्रिया सम्पन्न भएको छ । 

काठमाडौंमा बुधबार साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले पुस्तकमा समेटिएका विषयवस्तुको चर्चा गर्दै बृहत्त ग्रन्थ ल्याएकोमा प्रशंसा गरे ।

कार्यक्रममा राधेश्याम लेकाली, मिलापका प्रधानसम्पादक कृष्ण भुसाल, प्रा.डा. सुरेन्द्र केसी, लेखक सुब्बालगायतले बोलेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्