site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन : माधव नेपाल

भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

भक्तपुरको कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले बुधबार आयोजना गरेको आईएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । उनले भने, “सरकारको आयु सांसदको संख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।”

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए ।

 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्