site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गभर्नरमा मेरो मान्छे ल्याउनु छैन, मेरिटोक्रेसीका आधारमा नियुक्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

बिहीबार पूर्वयोजनाकार मञ्चको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू व्यक्तिगत निकटताका आधारमा गभर्नर नियुक्त गर्ने पक्षमा नरहेको बताए ।

“राष्ट्र बैंकमा मेरो कोही ल्याउनुछैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो, तर सरकारका ममात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु,” उनले भने ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको जिकिर गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेकोबाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्