site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अपराजित रहँदै एपीएफ पहिलो क्वालिफायरमा

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ ‘जित्ने समूह’को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो । एपीएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रूपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।

एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पुर्‍याएको थियो । तर, त्यसपछि एपीएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो क्वालिफायरमा पुनः एपीएफ र टाइगर ग्रुपबीच बिहीबार प्रतिष्पर्धा हुनेछ ।

Dabur Nepal
NIC Asia

यसअघि, आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो ।

अब पुरुषतर्फका खेल सुरु हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच हुनेछ । चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि, आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro