site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक वाग्मती फाइनलमा

काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश (वाग्मती) प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइब्रेकरमा गरिएको हो ।

टाइब्रेकरमा एनआरटीलाई ४–२ ले पराजित गर्दै वाग्मती फाइनलमा पुग्न सफल भयो । योसँगै वाग्मतीले उपाधिका लागि संकटा फुटबल क्लबसँग खेल्ने छ । संकटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ ले पराजित गरेको थियो ।

योसँगै वाग्मतीले कम्तीमा १३ लाख रुपैयाँ पक्का गरेको छ । टाइब्रेकरमा वाग्मतीका नवीन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे। एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले गोल गरे । सरोज तामाङको प्रहार विकेश कुथुले रोके । सुमित श्रेष्ठको प्रहार माथिल्लो बारबाट आकासिएको थियो । म्यान अफ द म्याच गोलकिपर विकेश नै घोषित भए ।

खेलको सुरुआतदेखि नै वाग्मतीले एनआरटीलाई दबाबमा राखेको थियो । फलतः ११औँ मिनेटमै सन्दीपले वाग्मतीलाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको थ्रो बललाई सन्दीपले पेनाल्टी बक्सबाट सिधै फार पोस्टमा गोल गरे ।

सेनेगाकाइज एलेक्सले त्यसको तीन मिनेटपछि नै अग्रता दोब्बर बनाए । गिदोन नाह केरमेहले दिएको बललाई सिक्स यार्ड बक्सबाट एलेक्सले सोही दिशामा गोल गरे । दोस्रो हाफको सुरुआतमै एनआरटी खेलमा फर्काउने संकेत देखाए । हेनरी पोकुले बक्सबाट दिएको बललाई कृतिशरत्न छुन्जुले सहजै जाली चुमाए । त्यसको तीन मिनेटपछि नै एनआरटीले खेलमा फर्किने अवसर गुमायो । कृतिशको कर्नरमा आएको बललाई पोकुले हेडर गरेका थिए। तर, गोलकिपर विकेश कुथु बाधक बने ।

६९औँ मिनेटमा कृतिशले नै अग्रता दोब्बर बनाए । विविके गुरुङको क्रसलाई उनले वान टचमै गोल गरे । योसँगै खेल २–२ को बराबरीमा गएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro