site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतको लखनउ विश्वविद्यालयलाई हराउँदै नेपालको मध्यपश्चिम बन्यो च्याम्पियन

काठमाडौं । फाइनलमा भारतको लखनउ विश्वविद्यालयविरुद्ध ५८ रनको जित निकाल्दै नेपालको मध्यपश्चिम विश्वविद्यालयले टी–२० जय नेपाल कप–२०२५ को उपाधि जितेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा मध्यपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

लखनउका ओपनर मनप कन्डपालले सर्वाधिक ५८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यसबाहेक, लखनउका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहन सकेन । हर्ष वर्धन सिंहले १५ र यस वर्धन सिंहले १४ रन थपे ।

लखनउविरुद्ध मध्यपश्चिमका देवान पुनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका देवानले २२ रन खर्चिए । राजकुमार साहले दुई विकेट लिँदा रविन्द्रजंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको मध्यपश्चिमले दुई ब्याटरको अर्धशतकका निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

मध्यपश्चिमका विपीन खत्रीले अविजित ५९ रन बनाए । उनले २८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसबाहेक, देवान पुनले ३६ बलमा ६ चौका र दुई छक्कासहित ५८ रन थपे । यी दुईले ८२–५ को स्थितीबाट छैटौँ विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै मध्यपश्चिमको इनिङ सम्हालेका थिए । यसबाहेक, निश्चिल रावलले १९ र राजकुमार साहले १५ रन जोडे ।

लखनउका अभिषेक सोनी, मनप कन्डपाल र हर्ष वर्धन सिंहले समान एक विकेट लिए । नेपाल, भारत र बंगलादेशका गरी आठ टिम सहभागी प्रतियोगितामा मध्यपश्चिम अपराजित रहँदै च्याम्पियन बनेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro