site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘जार’को रिलिज घोषणा

काठमाडौं । चलचित्र ‘जार’को रिलिज घोषणा गरिएको छ । निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी वैशाख २६ गते प्रदर्शनमा ल्याउने जानकारी दिएको छ । 

सार्वजनिक पोस्टरमा प्रमुख तीन पात्र क्यारेक्टर लुक्समाछन् । शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली थापा छन् । थापाले ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी छन् । 

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो चलचित्रको छायांकन सिक्किममा गरिएको निर्माणपक्षको प्रेस नोटमा उल्लेख छ । 

सन् १८ सयको दशकको अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनामा चलचित्र बनेको निर्माणपक्षको भनाइ छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर यो चलचित्र निर्माण भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro