site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागीय डर्बीमा आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एन्फा राष्ट्रिय महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पुलिसको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उषाले आर्मीका तीन पेनाल्टी प्रहारलाई रोकिन् ।

पेनाल्टीमा पुलिस क्लबबाट गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गरे । पुलिसका दुई प्रहार बचाए पनि आर्मीकी अञ्जना रानामगरले टिमको हार टार्न सकिनन् । 

आर्मीबाट गोलकिपर अञ्जना राना मगरले मात्रै गोल गरिन् । आर्मीको एक प्रहार भने पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, अतिरिक्त ३० मिनेटको खेल पनि गोलरहित बराबरीमै सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । पुलिस क्लबले अब उपाधिका लागि अर्को विभागीय टिम एपीएफ क्लबको सामना गर्नेछ ।

उपाधि भिडन्त बुधबार दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro