site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालसँग ३५ लाख धरौटी माग्ने आदेश

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि नेपालसँग सो धरौटी माग गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटी माग्ने आदेश गरेको हो । 

विशेष अदालतले गरेको म्याद तामेलीपछि नेपाल बुधबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको हो । अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । 

०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

1-1750868150.jpg

2-1750868150.jpg

3-1750868151.jpg

4-1750868151.jpg

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्