काठमाडौं । वन्यजन्तु अपराध रोकथाम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ८ वर्षमा २ सय ४२ वटा अप्रेशन सञ्चालन गरी ५ सय ५० जनालाई कानुनी दायरामा ल्याएको छ । पक्राउ परेकाहरुको बयान तथा सीआईबीको अध्ययनले वन्यजन्तु तस्करले नेपाललाई निशाना बनाएको पुष्टि हुन्छ । पक्राउ परेकामध्ये ३१ जना विदेशी नागरिक छन् । सीआईबीको तथ्यांकअनुसार भारतीय, पाकिस्तानी तथा चिनिया“ नागरिक वन्यजन्तु तथा तिनका विभिन्न अंग ओसारपसारमा संलग्न छन् ।
ब्यूरोका अनुसार ८ वर्षमा प्रहरीले ठूलो परिमाणमा वन्यजन्तुको अंग अर्थात् आखेटोपहार बरामद गरेको छ । “सीआईबीले मुख्य गरी वन्यजन्तु तस्करी नियन्त्रणका लागि अनुसन्धानको भूमिका निर्वाह गरिरहेको छ,” सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले भने, “हामी वन्यजन्तुमाथिको अपराध रोक्न लागिपरेका छौं, तथ्याक र कारबाही हेर्र्ने हो भने राम्रो प्रगति भएको छ ।”
नेपाल वन्जयन्तु तस्करीको स्रोत मुलुक भन्दा पनि ट्रान्जिटका रुपमा बढी प्रयोग भएको कार्कीले बताए । “बाघ, गंैडा, चितुवा, रेडपाण्डाको तस्करी केही मात्रामा नेपालमा भए पनि बा“की वन्यजन्तुको तस्करीका लागि नेपाल ट्रान्जिटमात्र हो,” उनले भने ।
अनुसन्धान अधिकारीहरुका अनुसार नेपालमा मुख्यगरी खाग, खुर र छालाको लागि गैंडाको सिकार गरिएको देखिन्छ । त्यसैगरी, छाला र हड्डीको लागि बाघ र चितुवाको शिकार गरिन्छ । पित्त र नङ्ग्राको लागि भालु मारिँदै आएको छ । रेडपाण्डाको पनि छालाको लागि शिकार हुन्छ । खपटाको लागि सालक, दाराको लागि हात्ती, विनाको लागि कस्तुरीको सिकार गर्ने गरेको पाइएको छ । त्यस्तै, जीवित अजिङ्गर, हुचिल र विभिन्न पशुपन्छीको पनि तस्करी हुने गरेको छ ।
अनुसन्धान अधिकारीका अनुसार वन्जन्तु र यिनीहरुका आखेटोपहार चीन, भियतनामलगायतका राष्ट्रहरुमा पुर्याइन्छ । यसरी हुने तस्करीमा स्थानीय बासिन्दादेखि अन्तर्राष्ट्रिय तस्करको हात हुने प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
“वन्यजन्तुको तस्करी रोकथाम गर्न हामी जतिसुकै गम्भीर भए पनि स्थानीयबासी त्यसमा सहभागी हुन नसके भनेजस्तो हुँदैन,” ब्युरो प्रमुख डीआईजी कार्की भन्छन्, “सरोकारवाला निकायले आपसी समन्वयमा काम गरेको खण्डमा वन्यजन्तु तस्करी नियन्त्रणमा सहजता आउँछ ।”
कुन वर्षमा कति अप्रेशन, कति पक्राउ ?
२०७०–०७१ २७ वटा ६३ जना
२०७१–०७२ ३७ वटा ८५ जना
२०७२–०७३ ४७ वटा १०९ जना
२०७३–०७४ ५२ वटा ९९ जना
चालु आव १५ वटा २५ जना