site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैफमाथि आक्रमण गरेको आरोप लागेका शरीफुलको फिंगरप्रिन्ट मिलेन

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामको फिंगरप्रिन्ट सैफको घरबाट लिइएका नमुनासँग मेल नखाएपछि अनुसन्धान थप जटिल बनेको छ । घटनाबारे अनुसन्धान गरिरहेको अपराध अनुसन्धान विभाग (सीआईडी)ले इस्लामको फिंगरप्रिन्ट नमिलेको बताएको हो ।

आक्रमणको एक हप्तापछि जनवरी २२ मा मुम्बई प्रहरीले सैफको घरमा गएर नमुना संकलन गरेको थियो । प्रहरीले सैफको घरको सिँढी, बाथरुमको ढोका र कान्छो छोरा जेहको कोठाको ढोकाको ह्यान्डलबाट गरी फिंगरप्रिन्टका १९ नमुना संकलन गरेको थियो । तर, कुनै पनि नमुना इस्लामको फिंगरप्रिन्टसँग नमिलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, घटनालगत्तै प्रहरीले यी ठाउँहरूलाई सिल गरेको थियो वा थिएन भन्ने पुष्टि भएको छैन ।

सैफमाथि १५ जनवरीको राति आक्रमण भएको थियो । जनवरी २२ मा मुम्बई प्रहरीले फिंगरप्रिन्ट र अन्य नमुना संकलन गरेर अनुसन्धानका लागि सीआईडीको प्रयोगशालामा पठायो ।

अहिलेसम्म आक्रमणको उद्देश्यबारे प्रस्ट भइसकेको छैन । तर, सैफको टिमले चोरीको प्रयास भएको बताएको छ । आक्रमणमा सैफको घरमा काम गर्ने कामदार आरियामा फिलिप पनि घाइते भएकी थिइन् ।

आक्रमणका क्रममा सैफको घाँटी, ढाड, हात र टाउकोसहित ६ ठाउँमा छुरा प्रहार भएको थियो । लीलावती अस्पतालका चिकित्सकहरूले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको बताएका थिए ।जसलाई शल्यक्रियामार्फत हटाइएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro