site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासले गर्‍यो चार इजरायली बन्धक रिहा
तस्बिर : रोयटर्स ।

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले थप चार इजरायली बन्धक रिहा गरेको छ । युद्धविराम सम्झौताअन्तर्गत हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको हो । यी चारैजना महिला हुन् ।

हमासले यी चारैजना इजरायली सैनिक भएको जनाएको छ । उनीहरूका नाम करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग हो ।

बन्धक रिहा गरेपछि इजरायलको तेल अभिभमा खुसीको माहोल छ । इजरायली मिडियाका अनुसार, बन्धकका परिवार आफ्ना प्रियजनलाई स्वागत गर्न गाजा सीमामा प्रतीक्षारत छन् ।

सीमामा आइपुगेपछि इजरायली वायुसेनाले बन्धकलाई ल्याउनेछ । बन्धकका निम्ति सिमानामा एउटा हेलिकोप्टर तयार छ ।

हमासले चार बन्धकलाई रेडक्रसको जिम्मा लगाएको इजरायली रक्षा बलले पुष्टि गरेको छ । बन्धकलाई छिट्टै इजरायल पठाइनेछ ।

इजरायलले हमाससँगको सम्झौताअनुसार प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्नेछ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro