site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशक्त संघर्ष गर्छौँ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको संघर्षलाई सशक्त बनाउने भएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकका क्रममा अध्यक्ष राजेन्द्र लिङदेनले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र संघर्षलाई ठोस स्वरूप दिएर सशक्त बनाइने बताए । 

सरकारको कार्यशैलीको समीक्षा, पार्टीका अबको रणनीति, प्रतिपक्षको भूमिका र सहकार्यलगायत विषयमा बैठकमा छलफल गरिने उनले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता ठूला दल मिलेर बनाइएको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङदेनले बताए ।

सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरी संसद्लाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिको पनि बैठकमा समीक्षा गरिने उनले उल्लेख गरे ।

पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन बैठकबाट दिइने राप्रपाले जनाएको छ । बैठक शनिबार सकाउने तयारी छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro