site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोकोभिचबाट ‘वाकओभर’ पाएपछि जेभरेभ फाइनलमा 

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचबाट पहिलो सेमिफाइनलमा ‘वाकओभर’ पाएपछि जर्मनीका एलेसान्डर जेभरेभ अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार अस्ट्रेलियाको रोड लभेर एरिनामा भएको खेलको पहिलो सेटपछि जोकोभिचले देब्रे खुट्टाको चोटका कारण नखेल्ने निर्णय गरेसँगै जेभरेभले फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेटमा जेभरेभले जोकोभिचविरुद्ध ७–६ (७–५) को जित निकालेका थिए ।

जोकोभिच सन् २०२४ मा पनि सेमिफाइनलबाटै बाहिरिएका थिए । ३७ वर्षीय टेनिस स्टारले हालसम्म १० पटक वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । 

विश्व वरीयताको दोस्रो स्थानमा रहेका जेभरेभले भने पहिलोपटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका हुन् । उनले सन् २०१६ मा पहिलोपटक अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गरेका थिए । जेभरेभ यसअघिको संस्करणमा पनि सेमिफाइनलबाट बाहिरिएका थिए । उनले हालसम्म कुनै पनि ग्रान्डस्लामको उपाधि जित्न सकेका छैनन् ।

जेभरेभले अब उपाधिका निम्ति साविक विजेता जानिक सिनर र बेन सेल्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro