site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कबाड व्यवसायीमाथिको धरपकड रोक्न जसपा नेपालको माग

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौं महानगरपालिकामा कबाड व्यवसायीमाथि  कुटपिट र दमन भएको भन्दै यस्तो कार्य यथाशीघ्र बन्द गर्न माग गरेको छ । 

सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै कबाड व्यवसायलाई रोक्न खोज्नु लाखौँ व्यक्तिलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय रहेको जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाखभन्दा बढी व्यक्तिहरूले रोजगारीसमेत पाएको अवस्था छ ।’’ 

कबाड व्यवसायले देशमा सञ्चालित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुको साथै वातावरणीय सरसफाइमा समेत महत्त्वपूर्ण योगदान गरिरहेको भन्दै हाल आएर काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोजेर लाखौँ व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ । 

सो कार्य अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीको सुरक्षाको साथै स्वतन्त्र रूपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन जनता समाजवादी पार्टी, नेपालले सरकारसँग जोडदार माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro