site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दर्ता, अब के हुन्छ ?

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय उच्च अदालत पोखरा पुगेको छ । सोमबार उच्च सरकारी वकिलको कार्यालय पोखराले उच्च अदालतमा जिल्लाको आदेश बदर मागसहित निवेदन दर्ता गराएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ७३ मा पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सकिने व्यवस्था छ ।

“यस परिच्छेदबमोजिम भएको थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ । तर, जन्मकैद वा १० वर्ष वा सोभन्दा बढी कैद सजाय हुन सक्ने कसुरमा भएको थुनछेकको आदेश बेरीत भएको प्रश्नमा एक तहभन्दा माथिको पुनरावेदन सुन्ने अदालतमा पनि निवेदन दिन सकिनेछ,” ऐनमा भनिएको छ ।

सोही व्यवस्थाअनुसार उच्च सरकारी वकिलको कार्यालयले निवेदन दर्ता गराएको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । “उनीहरूलाई धरौटीमा छाड्नेगरी जिल्लाबाट भएको आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भनेर निवेदन दर्ता भएको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

निवेदनमा जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी छ । निवेदन दर्ता भइसकेपछिको प्रक्रिया कसरी अगाडि बढ्छ त भन्ने प्रश्नमा उनले भने, ‘‘सुरुमा निवेदन दर्ता हुन्छ । दर्ता भइसकेको निवेदनलाई लिएर सुरुमा न्यायाधीशको एकल इजलासले प्रक्रिया अगाडि बढाउँछ ।’’

अर्यालका अनुसार त्यसमा जिल्लाले गरेको आदेशको कैफियत प्रतिवेदन माग्ने काम हुन्छ । सँगै दुवै पक्षलाई जानकारी पनि गराइन्छ । “उच्च अदालतले सुरुमा जिल्लासँग कैफियत प्रतिवेदन माग्छ । त्यसपछि दुवैपक्षलाई जानकारी दिन्छ,” उनले भने ।

दुवै पक्ष आइसकेपछि न्यायाधीशको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गर्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्छ । यसका निम्ति निश्चित समय भने तोकिएको छैन । उच्च अदालतले अन्तिममा आदेश बदर गरेको खण्डमा जिल्लाले धरौटीमा छाडेका प्रतिवादीहरू थुनामा जानुपर्ने हुन्छ । जिल्लाकै आदेश सदर भएको खण्डमा उनीहरू पुर्पक्षका लागि थुनामा गइराख्नुपर्दैन ।

गत पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरुङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष आरती गुरुङलाई जिल्ला अदालतले धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

न्यायाधीश नीतिज राईको इजलासले रविसहित सातजना प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला अदालतले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, खनाललाई १५ लाख, पछाईंलाई ३७ लाख, आरती र मीनालाई ५–५ लाख र कृष्णलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशमा उनीहरू तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्ने नदेखिएको उल्लेख छ ।

उनीहरूविरुद्ध लगाइएको अभियोगपत्रमा सहकारी ठगीतर्फ रविलाई ३ करोड ३७ लाख ६५ हजार, छविलाई ५ करोड २६ लाख ६५ हजार, मीना, आरती र कृष्णलाई सहकारीका तत्कालीन सञ्चालकहरू ज्ञानबहादुर बमजन, जिबी राई लगायतको समूह समेत जोडेर ५३ लाख रुपैयाँ बिगोमा प्रतिवादी बनाइएको थियो ।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही गर्नुपर्ने मागसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश आउँदा अभियोग पत्रमा उल्लेख गरिएको बिगो रकमभन्दा निकै कम धरौटी माग गरेको पनि सरकारी वकिलको कार्यालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro