देश

काठमाडौं । मोरङमा एक पुरुषले पेट्राल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दकमका ४० वर्षीय विनोद थापाले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
झापाबाट प्रेमिका भेट्न मोरङको उर्लाबारी पुगेका थापाले प्रेमिकाले बेवास्ता गर्न थालेपछि आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।
पेट्रोल छर्किएर आगो लगाएका विनोदको अवस्थामा सामान्य रहेको मोरङ प्रहरीका डीएसपी वेद जोशीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १२:२५
प्रतिक्रिया दिनुहोस्