site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुष्पा–२’ र ‘स्त्री–२’ले जोगाउन नसकेको बलिउड बक्सअफिस 

काठमाडौं । सन् २०२४ बलिउडका लागि सन्तोषजनक रहेन । केही चलचित्रका लागि फाप सिद्ध भए पनि समग्रमा सन् २०२४ बलिउडका लागि राम्रो रहेन । 

केही चलचित्रले बक्सअफिसमा रेकर्डब्रेकिङ कलेक्सन गर्दा समग्र कमाई भने अघिल्लो वर्षको तुलनामा न्यून रह्यो । कोभिड–१९ पछि अझै पनि बलिउड पुरानै गतिमा फर्किन सकेको छैन । 

सन् २०२२ मा हलमा लागेको प्रतिबन्ध हटेको थियो । तर, सिनेमा घर लयमा फर्किन समय लाग्यो । 

Dabur Nepal
NIC Asia

दर्शक ठूलो पर्दामा ठूला ब्लकबस्टर सिनेमा हेर्न चाहन्छन् भन्ने धारणामा शंका उत्पन्न भयो । यद्यपि, यो कुरा चाँडै तोडियो । सन् २०२३ भारतका धेरै क्षेत्रीय फिल्म उद्योगसहित बलिउडका लागि महत्वपूर्ण रह्यो । तर सन् २०२४ मा आइपुग्दो बलिउडको लय धर्मरायो । चलचित्र व्यवसायमा उल्लेखनीय गिरावट आयो ।

बक्सअफिस
सन् २०२४ मा बलिउडको फिल्मी बजारमा ठूलो गिरावट आयो । ‘पुष्पा–२’ र ‘स्त्री–२’ को ब्लकबस्टर सफलताले पनि समग्र भारतीय बक्सअसफिस कलेक्सनलाई लयमा राखिराख्न सकेन । फलतः २०२४ मा भारतमा ग्रसकलेक्सन ११ हजार ८३३ करोड भारुमा सीमित रह्यो । 

२०२३ मा कुल बक्सअफिस कलेक्सन १२ हजार २२६ करोड भारु थियो । २०२४ को कलेक्सन ३.३२ प्रतिशत घटेर ११ हजार ८३३ करोड भारुमा सीमित रह्यो । यो तथ्यांक सन् २०२२ को कलेक्सनभन्दा भने राम्रो हो । सन् २०२२ मा १० हजार ६३७ करोड भारु कलेक्सन भएको थियो । २०२४ बक्सअफिसमा दोस्रो सबैभन्दा धेरै कलेक्सन भएको वर्ष हो । 

फुटफल
बक्सअफिस कलेक्सन सुस्ताउँदा भारतीय सिनेमा बजारमा चहलपहल पनि घटेको छ । सन् २०२३ को तुलनामा फुटफलको संख्यामा ६ प्रतिशतले कमी आएको छ । 

सन् २०२३ मा ९४ करोड तीन लाख फुटफल थियो । सन् २०२४ मा घटेर यो संख्या ८८ करोड ३० लाखले चलचित्र हेरे । २०२२ को फुटफल ८९.२० करोड थियो । 

सन् २०१९ को फुलफल अहिलेसम्मकै धेरै थियो । सन् २०१९ मा सर्वकालीनक उच्च १ अर्ब ३ करोड फुटफल थियो । 

टिकटको मूल्य 
फुटफल र बक्सअफिस कलेक्सन घटिरहे पनि टिकटको औसत मूल्य भने भने निरन्तर बढिरहेको छ । सन् २०२२ र २०२३ मा टिकटको मूल्य क्रमशः ११९ र १३० भारु थियो । सन् २०२४ मा १३४ रुयैयाँ भारु पुग्यो । सकारात्मक पक्ष के हो भने पछिल्लो दुई वर्षमा दोहोरो अंकको वृद्धि देखिए पनि सन् २०२४ मा ३ प्रतिशतले मात्र बढेको छ ।

माइलस्टोन
सन् २०२३ को तुलनामा २०२४ मा तेलुगु, मलयालम, गुजराती र बंगाली सिनेमा उद्योगले मात्र कलेक्सन र दर्शकसंख्यामा वृद्धि देखाएका छन् । 

तर हिन्दी, तमिल, कन्नड, पञ्जाबी, मराठी र हलिउड उद्योगका चलचित्रले सन् २०२३ को तथ्यांकलाई उछिन्न सकेनन् । यही नै भारतको कुल बक्सअफिस कलेक्सनको तथ्यांक कम हुनुको प्रमुख कारण बन्यो । 

यस वर्षको लगानी उठाउँदै रेकर्डव्रेकिङ कलेक्सन गर्ने तीनवटा चलचित्रहरू ‘पुष्पा–२’, ‘कल्की २८९८’ र ‘स्त्री–२ ’ थिए । ५०० करोडको आँकडा पार गर्ने चलचित्र यी मात्रै थिए । 

मलयालम सिनेमाले २०२३ मा ५७२ करोडको कलेक्सन गरेकोमा २०२४ ऐतिहासिक वृद्धि गर्दै १,१६५ करोडको ऐतिहासिक कलेक्सन गरे । मलयालम सिनेमा उद्योगमा पहिलोपटक १००० करोडको आँकडा पार गरेको थियो । 

गुजराती सिनेमा दोस्रो स्थानमा छ । यसको कलेक्सनमा ६६ प्रतिशतले वृद्धि भएको छ । २०२३ मा ५० करोडबाट बढेर ८४ करोड पुगेको छ । यसको प्रमुख कारण हरर–कमेडी ‘झमाकुडी’को सफलता थियो । यो सिनेमाले २० करोडभन्दा बढी कलेक्सन गरेको थियो ।

हलिउड सिनेमाको बिजोग
हलिउड सिनेमाको कलेक्सनमा १७ प्रतिशतले गिरावट आयो । सन् २०२४ मा भारतमा हलिउड सिनेमाले ९४१ करोड कलेक्सन गरे । २०२३ मा ११३९ करोड कलेक्सन थियो । 

सन् २०२० र २०२१ को महामारी वर्षबाहेक सन् २०१४ पछि हलिउड सिनेमकाको कलेक्सन भारतमा पहिलोपटक १००० करोडभन्दा तल झरेको हो । बलिउड हंगामा 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro