site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गाम्नागेको ‘दलालशाला’ दुई ठाउँबाट लोकार्पित 

काठमाडौं । सिस्नुपानी नेपालका अध्यक्ष हास्यव्यंग्य लेखक लक्ष्मण गाम्नागेको हास्यव्यंग्य निबन्धकृति ‘दलालशाला’ सार्वजनिक भएको छ ।  

यही पुस २९ गते गाम्नागेको ६०औँ जन्मदिनको सन्दर्भ पारेर ‘दलालशाला’को एकै साथ झापाको गौरादहस्थित लेखकको निवास र दुबईको बुर्ज खलिफा टावरमा विमोचन भएको जनाइएको छ । 

Dabur Nepal
NIC Asia

आमाको अस्वस्थ्यताका कारण दुबईको भ्रमण रद्ध गरी गृहनगर गौरादहमा रहेका गाम्नागे परिवारले आयोजना गरेको जन्मोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा लेखकका माता, पिता र परिवारका व्यक्तिहरूको उपस्थिति थियो ।

उता, संयुक्त अरब इमिरेट्स्को भ्रमणमा रहेको सिस्नुपानी नेपालको समूहले विश्वकै अग्लो टावर बुर्ज खलिफाको १२५औँ तलामा ‘दलालशाला’ लोकार्पण गरेको थियो । 

सिस्नुपानी नेपालका उपाध्यक्ष धीरेन्द्र प्रेमर्षि, हाँस्य कलाकार मनोज गजुरेल, टंकराज आचार्य, सरोज घिमिरेलगायतका सर्जकहरूले कृति सार्वजनिक गरेका थिए । 

यो पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro