site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा झन् बढ्यो हुस्सु र कुहिरो, हवाई सेवा प्रभावित हुनेगरी न्यून भिजिविलिटी 
फाइल तस्बिर ।

काठमाडौं । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिमसम्म तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

विराटनगरसमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । जसका कारण सबैभन्दा न्यून भिजिविलिटी छ । 

विराटनगर बिहान पौने ६ बजेको भिजिविलिटी एक सयमिटर छ । “सिमरामा तीन सय, नेपालगञ्जमा १२ सय र भैरहवामा १६ सय मिटर भिजिविलिटी रहेको छ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बुधबार यही समय विराटनगरमा ६०० मिटर, धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी रहेको थियो । 

आजबाट हिजोको तुलनामा हुस्सु र कुहिरो केही कम लाग्ने पूर्वानुमान रहे पनि झन बढेको हो । 

“आज बाक्लो हुस्सु र कुहिरो लागे पनि चाँडै खुल्ने सम्भावना रहेको छ,” मौसमविद् झाले भने । 

न्यून भिजिविलिटीका कारण आज पनि बिहानको समयमा तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । 

बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ । 

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो ।

आज धेरै स्थानमा कुहिरो लागेको छ । एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झाको भनाइ छ ।  

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुने उनले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro