site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ मौसमी प्रणाली भित्रियो, कहाँ–कहाँ हुनेछ वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो । 

“पश्चिम नेपालबाट हिजो साँझबाट नयाँ मौसमी प्रणाली भित्रिएको छ । जसका कारण आज वर्षा र हिमपातको सम्भावना छ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने । पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको हो । 

यो प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुनेछ । त्यसबाट पूर्व भने यो प्रणालीको प्रभाव पर्नेछैन । 

“गण्डकी प्रदेशदेखि पश्चिम सुदूरपश्चिम प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना छ । तर ठूलो वर्षाको सम्भावना भने छैन,” मौसमविद् झाले भने, “आज रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहनेछ । भोलि बिहानबाट यो प्रणाली हटिसकेर मौमस सफा हुन सुरु हुनेछ ।” 

यो प्रणाली यसअघिका प्रणालीभन्दा कमजोर रहेको छ । यसअघि हिउँदे वर्षा गराउने प्रणालीभन्दा यो कमजोर रहेको हो । 

काठमाडौंमा आज मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना नरहेको मौसमविद् झाको भनाइ छ । 

बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro