site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट २०० किलो रक्तचन्दनसहित दुई जना पक्राउ
बरामद गरिएको रक्तचन्दन ।

काठमाडौं । काठमाडौंबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद गरिएको हो । बुधबार बिहानै प्रहरीले बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, बरामद गरिएको रक्तचन्दनको तौल २०० किलोभन्दा धेरै छ ।

लामो समय रक्तचन्दनको तस्करी रोकिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro