site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरीका सई प्रधान कार्यालय तानिए

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई कमल खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

रास्वपाले रविमाथि पूर्वाग्रही तरिकाले सरकारले दु:ख दिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । नेपालगन्जमा कार्यरत ट्राफिक सई खड्काले रविको पक्षमा हस्ताक्षर गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि उनलाई प्रधान कार्यालय तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

‘‘संगठनको नीति निर्देशनविपरीत कार्य गरेको सूचनाका आधारमा प्रधान कार्यालय बोलाइएको हो । उनीमाथि छानबिन हुँदै छ,’’ उनले भने ।

लामिछानेलाई हाल रूपन्देही कारागारमा राखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्