site stats
बाह्रखरी :: Baahrakhari
विदेश
शिकागोमा नाइटक्लब बाहिर गोलाबारी, चारजनाको मृत्यु

काठमाडौं । अमेरिकाको शिकागोको एक नाइटक्लब बाहिर भएको गोलाबारीमा कम्तीमा चारजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका शिकागोको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बुधबार राति स्थानीय समयअनुसार करिब ११ बजे एउटा गाडी क्लबनजिकैबाट गइरहेका बेला त्यसमा सवार बन्दुकधारीहरूले बाहिर रहेका मानिसहरूमाथि गोली चलाएका थिए ।   

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सीबीएसन्यूजका अनुसार र्‍यापर मेलो बकजको एल्बम रिलिज पार्टीपछि नाइट क्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको थियो । गालाबारीपछि उक्त गाडी तत्कालै घटनास्थलबाट भागेको र हालसम्म कसैलाई हिरासतमा नलिइएको समाचारमा उल्लेख छ । 

प्रहरीका अनुसार २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको छ ।  

अस्पतालमा भर्ना भएका कम्तीमा चारजनाको अवस्था गम्भीर छ । सीबीएसन्यूज
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्