site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा बाक्लो हुस्सु र कुहिरो : कहाँको भिजिविलिटी कति ? हवाई सेवा प्रभावित हुने सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । केही दिनदेखि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै आएको छ ।  

विराटनगरमा आज बिहान ६०० मिटर भिजिविलिटी रहेको छ । “धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी छ,” मौसमविद् हरिप्रसाद दाहालले बाह्रखरीसँग भने । 

उनका अनुसार भोलिबाट हुस्सु र कुहिरो केही कम हुनेछ । बिहीबार आंशिक बदली रहेका कारण हुस्सु र कुहिरो आजको तुलनामा केही कम हुने उनको भनाइ छ । 

मंगलबार आजभन्दा धेरै हुुस्सु र कुहिरो लागेको थियो । हिजो बिहान भैरहवामा ५० मिटर, विराटनगरमा सय मिटर, सिमरामा दुई सय मिटर भिजिविलिटी रहेको थियो । 

“आज अपराह्नसम्म हुस्सु र कुहिरो हट्नेछ । घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि कम हुने र अपराह्नसम्म हट्नेछ,” उनले भने । 

आजको न्यून भिजिविलिटीले पनि तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । 

बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ । 

हुस्सु र कुहिरो न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो । 
 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro