site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैरहवामा ५० मिटर, विराटनगरमा १०० र सिमरामा दुई सय मिटर भिजिविलिटी 
फाइल तस्बिर ।

काठमाडौं । देशभर आज मौसम सामान्यतया सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागले जनाएको छ । 

केही प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि मौसम सफा रहने विभागले जनाएको छ । 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार दिउँसो काठमाडौंको तापक्रम बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्नेछ । 

यसैबीच, चिसो बढेसँगै तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम बढेको छ । तराईका केही स्थानमा आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

आज बिहान सबैभन्दा धेरै कुहिरो भैरहवामा लागेको छ । भैरहवामा ५० मिटर भिजिविलिटी रहेको छ । विराटनगरमा सय मिटर भिजिविलिटी छ । सिमरामा दुई सय मिटर भिजिविलिटी रहेको मौसमविद् अधिकारीले जानकारी दिए । 

“बाक्लो कुहिरो लागे पनि यो दिनभर लाग्दैन । मध्याह्नसम्म हट्नेछ,” उनले भने । 

दुई हजारभन्दा कम भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न सहज हुँदैन । 

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने कुहिरो र एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हो । 
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro