site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मंगलबारबाट पुनः हुस्सु र कुहिरो बढ्ने, यी दुईमा के छ फरक ?

काठमाडौं । तराई र उपत्यकामा मंगलबारदेखि पुनः हुस्सु र कुहिरो लाग्ने भएको छ । आइतबार र सोमबार केही कम भएको हुस्सु र कुहिरो मंगलबारबाट पुनः बढ्ने भएको हो । 

जाडो समयमा तराईका धेरै स्थानमा बाक्लो र कुहिरो लाग्दा जनजीवन प्रभावित हुने गरेको छ । बाक्लो हुस्सु र कुहिरो दिउँसो पनि लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुन्छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ । 

विभिन्न कारणले हुस्सु र कुहिरो लाग्ने गरेको मौसमविद् गोविन्द झा बताउँछन् । 

Dabur Nepal
NIC Asia

“हुस्सु र कुहिरो लाग्न तापक्रम घट्नुपर्छ । नगन्य मात्रमा बादल लागेको अथवा खुला हुनुपर्छ । हावा कम लाग्यो भने हुस्सु र कुहिरो लाग्ने सम्भावना उच्च हुन्छ,” उनी प्रष्ट पार्छन्, “हावामा पानीको आद्रता (जलवास्प) उच्च भयो भने हुस्सु र कुहिरो लाग्छ ।” यी तीनवटा कारणले हुस्सु र कुहिरो लाग्नुका कारण हुन् । 

हावा धेरै चल्यो भने हुस्सु र कुहिरो तितरवितर हुने भएकाले यो लाग्दैन । बाक्लो बादल लाग्यो भने पनि हुस्सु र कुहिरो नलाग्ने उनी बताउँछन् । 

हुस्सु र कुहिरोमा पनि फरक छ । उस्तैउस्तै लागे पनि सापेक्षित आद्रता र देख्नसक्ने दुरीका कारण यी दुईमा फरक छ । एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो कुहिरो हो । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झा बताउँछन् । 

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुने उनको भनाइ छ । 

हावामा जलवास्प आउने ठाउँ जस्तै नदी, ताल, पोखरीको छेउछाउमा बढी हुस्सु र कुहिरो लाग्छ । यसबाट अन्य ठाउँमा फैलिन्छ । 

“उपत्यकामा लाग्ने र अर्को नर्मल एयर मास हुन्छ । जुन उपत्यका बाहिर लाग्छ,” उनी भन्छन्, “हुस्सु र कुहिरो लाग्न हावा कम चलेको, आकाश खुला भएको हुनुपर्छ ।” 

हुस्सु र कुहिरो पनि एक प्रकारको बादल नै भएको मौसमविद् झा बताउँछन् । त्यसैले यसमा पानीको मात्रा हुनैपर्ने उनको भनाइ छ । 

यो वर्ष लगातार लामो समयसम्म हुस्सु र कुहिरो नलागेको उनले जानकारी दिए । एक/दुई दिन बढी लाग्ने फेरि कम हुने र पुनः बाक्लो हुस्सु र कुहिरो लाग्ने भइरहेको उनको भनाइ छ । 

“पाँच सात वर्ष पहिला जसरी हप्ता दश दिनसम्म निरन्तर कुहिरो लाग्थ्यो । अहिले त्यस्तो छैन,” उनी अगाडि थप्छन्, “केही दिन लाग्ने फेरि ब्रेक हुने भइरहेको छ । यसको कारण हावा चल्नु र बादल लाग्नु हो ।” 

पहिला पहिला तराईमा हप्तौँ दिनसम्म घाम नलाग्ने गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उनी सुनाउँछन् । 

बाक्लो हुस्सु र कुहिरो लाग्दा भिजिविलिटी कम हुने र कच्ची सडकमा पानीको थोपा चुहिएर हिलो हुँदा सडक यातायात सेवा प्रभावित हुने गरेको छ । न्यून भिजिविलिटीका कारण विमान अवतरण र उडान हुन समस्या हुँदा सेवा प्रभावित हुँदै आएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro