site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा सुरु भयो महाकुम्भ मेला, ४० करोड तीर्थालु आउने अनुमान

काठमाडौं । भारतको उत्तरप्रदेश राज्यस्थित प्रयागराजमा हिन्दू धर्मावलम्बीको महाकुम्भ मेला सुरु भएको छ । २९ पुसमा सुरु भएको मेला १४ फागुन (महाशिवरात्रीका दिन)मा समाप्त हुनेछ ।

महाकुम्भ मेलामा ४० करोड तीर्थालु आउने भारत सरकारको अनुमान छ । गंगा, यमुना र सरस्वती नदीको संगममा भइरहेको मेला हरेक तीन वर्षमा आयोजना हुन्छ । तर, १२ वर्षको अन्तरालमा हुने कुम्भ मेलालाई महाकुम्भ भनिन्छ । तीन वर्षको अन्तरालमा हुने मेलालाई कुम्भ मेला भनिन्छ । महाकुम्भ मेला प्रयागराज, नाशिक, हरिद्धार र उज्जैनमा पालैपालो आयोजना गरिन्छ ।

सन् २०१७ मा युनेस्कोले महाकुम्भ मेलालाई ‘मानवताको अमूर्त सांस्कृतिक सम्पदा’ भनेर अर्थ्याएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाकुम्भ मेला धार्मिक र सांस्कृतिकरूपमा सबैभन्दा धेरै मान्छे भेला हुने कार्यक्रम हो ।

Dabur Nepal
NIC Asia

भारत सरकारले महाकुम्भ मेला आयोजनाका लागि सातहजार करोड भारतीय रुपैयाँ खर्च गरेको बताएको छ । मेलामा आउने तीर्थालुका लागि भनेर एकलाख ६० हजार टेन्ट, एक लाख ५० हजार शौचालय, १२ सय ४९ किलोमिटर लामो खानेपानीको पाइपलाइन बिछ्याएको छ । महाकुम्भका लागि भनेर चार हजार हेक्टर क्षेत्रफलको अस्थायी सहर बनाइएको छ ।

सन् २०१३ मा भएको महाकुम्भ मेलामा भिड तितरबितर हुँदा ३६ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए । तर, यस पटकको महाकुम्भ मेलामा सुरक्षाको उचित व्यवस्था मिलाइएको बताइन्छ ।

सुरक्षाका लागि भनेर मेला आयोजना गरिएको क्षेत्रमा एकहजार प्रहरी खटाएर चेकपोस्ट राखिएको छ । ५० हजार सुरक्षाकर्मी खटाइएका छन् । कृत्रिम बौद्धिकता जडित (एआई) दुई हजार ७०० भन्दा बढी सीसीटीभी राखिएका छन् । आकाशमा र पानीभित्र १०० मिटरसम्म पुग्ने गरी ड्रोनको समेत व्यवस्था गरिएको उत्तर प्रदेश सरकारले बताएको छ ।

यही मेलाका लागि भनेर भारत सरकारले विशेष रेल्वे र बस सेवासमेत सुरु गरेको बताएको छ ।

दानव र भगवान् विष्णुबीच अमृतका लागि लडाइँ हुँदा अमृतको घडाबाट केही थोपा अमृत प्रयागराज, नाशिक, उज्जैन र हरिद्धारमा खसेको विश्वास गरिन्छ । यही विश्वासका आधारमा गंगामा डुबुल्की लगाएमा पाप पखालिने र आत्माका शुद्धीकरण हुने जनविश्वास छ ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro