देश

काठमाडौं । विश्वविख्यात पत्रिका न्युयोर्क टाइम्सले सन् २०२५ मा घुम्नैपर्ने ठाउँको सूचीमा नेपालको लुम्बिनीलाई पनि समावेश गरेको छ । सूचीमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई नवौँ स्थानमा राखिएको छ ।
“नेपालमा रहेको लुम्बिनी, प्राचीन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरूले भरिएको तीर्थस्थल बनेको छ,” पत्रिकाले लेखेको छ ।
पत्रिकाले सन् २०२५ मा घुम्नैपर्ने विश्वभरका ५२ प्रख्यात स्थलको सूची सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्