site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच महिनामा आईटी क्षेत्र २० अर्बले नाफामा, यस्तो छ निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा २२ अर्बभन्दा बढीको सूचना–प्रविधि (आईटी) क्षेत्रको वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, यस अवधिमा नेपालको प्रविधि क्षेत्र २० अर्ब रुपैयाँले नाफामा छ ।

साउनदेखि मसिंरसम्म २२ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ बराबरको आईटी सेवा निर्यात गरिएको छ । दुई अर्ब ६९ करोड ३३ लाख रुपैयाँ बराबरको आईटी सेवा आयात गरिएको छ । यसरी पाँच महिनाको अवधिमा आईटी क्षेत्र २० अर्ब २० करोड १५ लाख रुपैयाँले नाफामा देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

यसरी राखिएको छ तथ्यांक

नेपालबाट सेवा निर्यात गर्ने व्यक्ति तथा कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थामा उक्त शीर्षकमा प्राप्त रकमको विवरणका आधारमा राष्ट्र बैंकले यो तथ्यांक सार्वजनिक गर्छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले अन्तर्राष्ट्रिय आर्थिक कारोबारलाई रिपोर्टिङ गर्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जारी गरेको शोधनान्तर सन्तुलन तथा अन्तर्राष्ट्रिय लगानी अवस्थासम्बन्धी म्यानुअलका आधारमा यो विवरण राखिने बताएको छ । आईएमएफको म्यानुअलका आधारमा विभिन्न सेवा क्षेत्रको आम्दानीको विवरण राखिने विभागका एक अधिकारीले बताए ।

त्यसअनुसार, राष्ट्र बैंकले अन्तर्राष्ट्रिय ट्रान्जेक्सन रिपोर्टिङ सिस्टम (आईटीआरएस), गाइडलाइन्स २०२२ जारी गरेको छ । यसैअनुसार अनुसार, दूरसञ्चार सेवा, कम्प्युटर सेवा, सूचना सेवा र प्रोफेसनल एवं म्यानेजमेन्ट कन्सल्टिङ सेवाजस्ता सेवा निर्यात एवं आयातको विवरण राष्ट्र बैंकले राखेको छ ।

कम्प्युटर सेवा शीर्षकभित्र आईटीसम्बन्धी सफ्टवेयर, वेबसाइटजन्य वस्तु तथा सेवा आयात तथा निर्यातबापतको रकम उल्लेख छ । प्रोफेसनल एन्ड म्यानेजमेन्ट कन्सल्टिङ सेवाअन्तर्गत कानुनी सेवा, अकाउन्टिङ तथा म्यानेजमेन्ट, व्यवस्थापकीयदेखि विज्ञापन, मार्केटिङलगायत बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ)जन्य सेवा आयात तथा निर्यातको रकम राखिएको छ ।

सफ्टवेयर, एप, वेबसाइटबाहेक अनलाइनबाट हुने बीपीओका सबै कामको आम्दानीलाई पनि सूचना–प्रविधि क्षेत्रको सेवा निर्यात मान्नुपर्ने एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी)का अध्यक्ष सन्तोष कोइरालाको भनाइ छ ।

“इन्टरनेट अनलाइनबाटै हुने भएकाले प्रोफेसनल सर्पोट, म्यानेजमेन्ट, कन्सल्टिङजस्ता सेवाबाट कमाएको रकम पनि आईटी निर्यात हो,” उनले भने ।

यसरी आईटी सेवा निर्यातबापत पाँच महिनामा २२ अर्बभन्दा बढी रुपैयाँ नेपाल भित्रिएको हो । यसअन्तर्गत, दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाबापत आठ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ भित्रिएको छ । प्रोफेसनल एन्ड म्यानेजमेन्ट कन्सल्टिङ सेवाबाफत १४ अर्ब ५३ करोड ७२ रुपैयाँ भित्रिएको छ ।

फ्रिलेन्सरको योगदान ठूलो

कम्पनीबाहेक नेपालबाट आईटी सेवा निर्यातमा ठूलो हिस्सा फ्रिलेन्सरहरूको रहेको छ । विदेशी कम्पनीका लागि नेपालबाटै अनलाइनबाट काम गरिदिएर हजारौँले विदेशी मुद्रा आम्दानी गर्दै आएका छन् । नेपालबाट सफ्टवेयर, एप, वेबसाइट, प्लगइन, गेमिङजस्ता डिजिटल निर्यात गर्नेमा कम्पनीसँगै फ्रिलेन्सरको छन् । यसबाहेक विदेशी कम्पनीका लागि नेपालमै बसेर अनलाइनबाट विभिन्न काम कम्पनी एवं फ्रिलेन्सरहरूले गर्छन् ।

नेपालमा खुलेका विदेशी कम्पनीका सहायक कम्पनीले आफ्नै मुख्य कम्पनीका लागि गर्ने काम पनि आईटी सेवा निर्यातमा पर्छ । धेरै यस्ता कम्पनीले नेपालमा कार्यालय राखेर काम गरिरहेका छन् । त्यसैले सबै तथ्यांक औपचारिकरूपमा बैंकिङ च्यानलबाट रिपोर्टिङ हुने नहुनेमा आशंका छ । नेपालबाट वार्षिक ८० अर्बरुपैयाँ भन्दा बढीको आईटी सेवा निर्यात हुने गरेको आकलन नास–आईटीको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro