site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
औपचारिक रूपमा सुरु भयो गुगलको स्ट्रीट भ्यू सेवा

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२५ को अवसरमा गुगल म्याप्सले नेपालमा स्ट्रीट भ्यू सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । यससँगै अब विश्वको कुनै पनि कुनाबाट प्रयोगकर्ताले नेपालको भूदृश्य र संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन् ।

स्ट्रीट भ्यूमार्फत अब काठमाडौंका जीवन्त सडक र गल्लीहरूमा टहलिन, शान्त र हरियालीले भरिएको तराई क्षेत्रको अन्वेषण गर्न तथा हिउँले ढाकिएका भव्य हिमालहरूको दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सकिनेछ । 

यी सबै दृश्यहरू अब मोबाइल फोन वा कम्प्युटरमार्फत सजिलै अनुभव गर्न सकिन्छ । 

यो सेवाले प्रयोगकर्तालाई नेपालको ऐतिहासिक वास्तुकला, प्राचीन मन्दिर, दरबार, चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ । 

पर्यटन प्रवर्द्धनका दृष्टिले समेत यो सुरुआतले नेपाललाई विश्वसामु नयाँ र आकर्षकरूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ ।

नेपालका नवीनतम दृश्यहरू हेर्न मोबाइल वा कम्प्युटरमा गुगल म्याप्स खोलेर ३६० डिग्री भ्यु वा पहेँलो स्ट्रीट भ्यू ‘प्यागम्यान’ आइकनमा क्लिक गर्नुपर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्