site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुकमा तथ्यजाँचपछि समावेशी कार्यक्रम हटाएर जुकरबर्गले ट्रम्पलाई भेटे
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो विविधता, इक्विटी तथा समावेशीकरण (डीईआई) कार्यक्रम हटाएको छ । कम्पनीले कर्मचारी भर्ना, तालिम प्रदान र आपूर्तिजस्ता कार्यमा यो किसिमको समावेशी नीति राखेको थियो ।

केही दिनअघि मात्र मेटाले अमेरिकामा आफ्नो तथ्यजाँच कार्यक्रम पनि हटाएको थियो । कम्पनीले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा अध्यागमन, लैंगिक पहिचनाजस्ता विषयका बहसमाथिको प्रतिबन्ध पनि हटाएको थियो ।

यसैबीच, मेटाका मालिक मार्क जुकरबर्गले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन् । शुक्रबार ट्रम्पको निवास मार–ए–लागोमा जुकरबर्गले भेटघाट गरेका रोयटर्सले उल्लेख गरेको छ ।

जुकरबर्ग र ट्रम्पबीचको सम्बन्ध अघिल्लो निर्वाचनपछि बिग्रिएको थियो । ट्रम्प फेरि निर्वाचित भएपछि जुकरबर्ग पक्षधर बन्दै गएका छन् ।

ट्रम्पले यही जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । मेटाले त्यसअघि आफ्ना नीति ट्रम्प समर्थित हुने किसिमले फेरिरहेको टिप्पणी भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro