site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपाल र लिङदेनसँगको बैठकपछि प्रचण्डले भने– ओली सरकार अब चल्दैन 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अब नचल्ने टिप्पणी गरेका छन् । शुक्रबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँगको संयुक्त भेटपछि उनले वर्तमान गठबन्धन नचल्ने निष्कर्ष सुनाए ।

“यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन,” उनले भने ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्र हुने बताएपछि राजनीतिकवृत्तमा तरंग पैदा भएको छ ।

नेपालसँग प्रचण्डले बिहीबार पनि भेटेका थिए । उनले समाजवादी मोर्चालाई सक्रिय बनाइने पनि बताए । आउँदो माघ २ गते मोर्चाको बैठक बोलाइएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro