
काठमाडौं । इटालियन क्लब इन्टर मिलानले टोलीका प्रशिक्षक सर्जिओ कोन्सेइकाओलाई बर्खास्त गरेको छ ।
कोन्सेइकाओको प्रशिक्षणमा टिमले खराब प्रदर्शन र नतिजा निकालेपछि मिलानले बिहीबार उनलाई जिम्मेवारीबाट हटाएको हो ।
घरेलु लिग र युरोपियन प्रतियोगितामा खराब लयबाट गुज्रिएको मिलानले यस सिजन आठौँ स्थानमा रहँदै सिरी ‘ए’ को अन्त्य गरेको थियो । यसैकारण मिलान सन् २०१९ पछि च्याम्पियन्स लिगमा छनोट हुन असफल समेत भएको छ ।
“क्लब प्रशिक्षक सर्जिओ र उनको स्टाफलाई आफ्नो कार्यकालमा टोलीमाथिको प्रतिबद्धता, व्यावसायिकता र समर्पणका निम्ति विशेष धन्यवाद व्यक्त गर्दछ,” मिलानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
केन्सेइसाओको गत डिसेम्बरमा पाउलो फोन्सेकाको स्थानमा मिलानको जिम्मेवारीमा आएका थिए ।