
काठमाडौं । अर्जेन्टिनाका पूर्वफरवार्ड एन्जल डी मारिया आफ्नो बाल्यकालको क्लब रोसारियो सेन्ट्रलमा फर्किएका छन् ।
बिहीबार अजेन्टिनीको दोस्रो डिभिजन क्लब सेन्ट्रलले डी मारिया अर्जेन्टिना क्लब फर्किएको जनाएको हो ।
सेन्ट्रलले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै उल्लेख गरेको छ, “हामीले इतिहासको पानामा संयुक्त रूपमा धेरै कुरा लेख्न बाँकी छ ।”
उनी बेन्फिकाले आगामी महिना क्लब विश्वकपपछि सेन्ट्रलबाट खेल्नेछन् । तर, अर्जेन्टिनी क्लबले कति समयका निम्ति अनुबन्ध गरेको भन्नेबारे केही खुलाएको छैन ।
अन्तर्राष्ट्रिय फुटबलबाट ३७ वर्षको उमेरमा सन्न्यास लिएका डी मारियाले करियरको सुरुआत रोसारियो सेनट्रलबाट गरेका थिए । सन् २००७ मा बेन्फिकामा अनुबन्ध हुनुअघि सन् २००५ मा उनी रोसारियो सेन्ट्रल अनुबन्धित भएका थिए ।
त्यसपछि उनले स्पेनिस क्लब रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन (पीएसजी) र युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी सन् २०२३ मा पुनः बेन्फिकामा नै फर्किए ।
डी मरियाले आफ्नो अन्तर्राष्ट्रिय खेल करियरमा अर्जेन्टिनाबाट सन् २०२२ मा फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि जितेका छन् । विश्वकपको फाइनलमा फ्रान्सलाई हराउँदा उनले एक गोल समेत गरेका थिए ।