site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल पोखरेल पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार, अनिललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

उनीमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्ता गरेका थिए ।

गत सोमबार मोरङ जिल्ला अदालतले अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीमाथि वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाशप्राप्त सप्तरीका बैआलाल चौधरीबाट रकम लिएको आरोप छ । चौधरीकी छोरीको नाम एमबीबीएसमा निकालिदिने नाममा अनिलले २०७१ देखि ०७३ को बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझेको आरोप लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro