site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट ५९९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए । उनका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् ।

यस्तै, गैँडाको आक्रमणबाट चारको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीनको मृत्यु र २४ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु र १४ जना घाइते तथा भालुको आक्रमणबाट १५ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मुख्यगरी निकुञ्ज आसपास क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमण हुने गरेको छ । जंगलमा घाँस दाउरा लिन र जंगली तरकारी खोज्न जाँदा वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको जनाइएको छ । पछिल्लो समयमा भने बस्तीमै प्रवेश गरी वन्यजन्तुले हानी पु¥याउने गरेका छन् ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले आहाराको खोजी र विभिन्न कारणले बस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जले काम गरिरहेको बताए ।

पछिल्लो २४ घण्टामा पनि जनावरको आक्रमणका घटना भएका छन् । जंगली हात्ती बस्तीमा प्रवेश गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई जनाको घर भत्काएर खाद्यान्न खाइदिएको र दमकमा पनि हात्तीले एक घर भत्काएको प्रहरीले जनाएको छ । यस्तै बर्दिया, रौतहट र पाल्पामा पनि जंगली जनावरले घर तथा बाली नष्ट गरेको छ । भालुले आक्रमण गर्दा पाल्पामा एक जना घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro