site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’

काठमाडौं । भारतको कर्नाटक राज्यमा ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी)का दुई घटना सार्वजनिक भएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कर्नाटकमा नियमित परीक्षणका क्रममा आईसीएमआरले एचएमपीभीका दुई घटना पत्ता लगाएको छ ।”

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा उक्त संक्रमण देखिएको छ । उपचारपछि उनी अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन् ।

आठ महिनाका एक बालक पनि एचएमपीभीबाट संक्रमित छन् । बेंगलुरुको एक अस्पतालमा उनको उपचार भइरहेको छ । बालकको अवस्था स्थिर छ । उनलाई निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ ।

पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro