site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हिमाचल प्रदेशमा भारी वर्षा, ६९ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण कम्तीमा ६९ जनाको मृत्यु भएको छ । अन्य ३७ जना बेपत्ता र ११० जना घाइते भएका छन् ।

अहिलेसम्म झ्नडै ७०० करोड रुपैयाँको क्षति भएको प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले जानकारी दिए । मुख्यमन्त्रीका अनुसार, पत्रकारसँग कुरा गर्दै सुखविन्दर सिंह सुक्खूले भने, “भारी वर्षाका कारण सडक र पानीसम्बन्धी परियोजनालाई सबैभन्दा बढी क्षति पुगेको छ,”  उनले थपे, “बिजुलीलाइन र खम्बा ढल्दा पनि ठूलो क्षति भएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले विपद्को विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग कुराकानी गरेको र गृहमन्त्रीले पूर्णसहायता उपलब्ध गराउने आश्वासन दिएको बताए ।

क्षतिको मूल्यांकन गर्न केन्द्रीय टोली पनि हिमाचल प्रदेश आउन लागेको बताइएको छ ।

“विपद् प्रभावित परिवारहरूसँग हिमाचल प्रदेश सरकार उभिएको छ । हामीले पीडित परिवारहरूलाई भाडाको घरमा बस्नका लागि पाँचहजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ,”  मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले बताए ।

यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा  पोस्ट गर्दै भनेका छन्, “देशका विभिन्न भागमा भारी वर्षाको स्थितिलाई ध्यानमा राख्दै गुजरात, हिमाचल प्रदेश, राजस्थान, उत्तराखण्ड र छत्तीसगढका मुख्यमन्त्रीहरूसँग कुराकानी गरेको छु ।”

उनले अगाडि थप लेखे, “आवश्यक परेका मानिसहरूको सहायताका लागि यी राज्यहरूमा एनडीआरएफका पर्याप्त टोलीहरू तैनाथ गरिएको र आवश्यक परेमा थप टोलीहरू पठाउन सकिन्छ । केन्द्र सरकारबाट हरसम्भव सहयोगको आश्वासन दिएको छु ।”

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्