site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेसनल फिल्म फेस्टिभल गर्दै बोर्ड, को–कोसँग हुनेछ सहकार्य ?

काठमाडौं । चलचित्र विकास बोर्डले आफैँ इन्टरनेसनल फिल्म फेस्टिभल गर्ने भएको छ । बोर्डले अरू सरकारी निकायसँग सहकार्य गर्दै इन्टरनेसनल फिल्म फेस्टिभल आयोजनाको तयारी गरेको हो ।

निजी क्षेत्रबाट इन्टरनेसनल फिल्म फेस्टिभल आयोजना गरिँदै आएको छ । सरकारी निकायबाट भने हालसम्म यस्तो महोत्सव गरिएको छैन ।

बोर्डले अरू दुई सरकारी निकायसँग सहकार्य गर्दै इन्टरनेसनल फिल्म फेस्टिभल आयोजना गर्ने भएको हो । बोर्ड काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्ने तयारीमा छ ।

“चलचित्र विकास बोर्डले पोखरामा चलचित्र महोत्सव गर्दै छ, त्यो अर्कै हो । तर, हामीले भनेको यस्तो मात्र होइन, अन्तर्राष्ट्रियस्तरको फेस्टिभल गर्नुपर्छ भन्ने हो,” बोर्डका अध्यक्ष दिनेश डिसीले भने, “भविष्यमा काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड र चलचित्र विकास बोर्ड मिलेर इन्टरनेसनल फिल्म फेस्टिभल गर्नेछौँ । सरकार–सरकारका निकायबीचको सहकार्य गर्ने भएकाले यो सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।” 

निजी क्षेत्रसँग सहकार्य गर्दा उसले आफ्नो नाफा हेर्दा कमजोरी भए सरकारलाई अप्ठ्यारो पर्ने हुन्छ । त्यसैले सरकारी निकायसँग सहकार्य गर्ने तयारी गरिएको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले पनि केही वर्षयता एक्लै इन्टरनेसनल फिल्म फेस्टिभल आयोजना गर्ने प्रयास गरेको थियो । तर, सफल भएको छैन ।

बोर्डले गरेको लगानीमा प्रश्नचिह्न आउन नदिन सरकारी निकायसँग सहकार्य गर्ने बोर्डको तयारी छ । निजी क्षेत्रसँग सहकार्य गर्दा नाफामूलक कार्यक्रम हुने सम्भावना रहन्छ । सरकारी निकायले गैरनाफामूलक इन्टरनेसनल फिल्म फेस्टिभल गर्न लागेको अध्यक्ष डिसीले प्रस्ट पारे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro