site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्राकृतिक स्रोत र पुँजीको परिचालन श्रमजीवी वर्गबाट मात्र सम्भव : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउका छन् । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौमा मंगलबार आयोजित छैटौँ श्रम संसदलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गरे । प्राकृतिक स्रोत साधन र पुँजीको परिचालन श्रमजीवी वर्गले गर्ने उनले बताए । 

Dabur Nepal
NIC Asia

आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे । उनले सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि यही अवधारणाको जगमा खोज्नुपर्ने जिकिर गरे । 

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हकका रूपमा रहन पुगेको उनले उल्लेख गरे । 

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रूपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए । 

उनले श्रमिकहरूको जीवनस्तर माथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटीयूसीसीको उद्देश्यको प्रशंसा समेत गरे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro