site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेन्द्र चालिसेको ‘लेकबेसीका सुगन्धहरू’ लोकार्पित

काठमाडौं । साहित्यकार महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण कृति ‘लेकबेसीका सुगन्धहरू’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।

काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरे लगायतका अतिथिले कृति सार्वजनिक गरे ।

मण्डन देउपुरको माझीटार क्षेत्र प्रसिद्ध साहित्यकार रमेश विकलको चर्चित आख्यान ‘अविरल बग्दछ इन्द्रावती’को सिर्जनभूमि हो । विकलले सोही क्षेत्रमा बसेर कृति सिर्जना गरेका थिए । विकलका सुपुत्र कृतिकार चालिसेले पिताको सिर्जन क्षेत्रमै गएर कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा समालोचकहरू ठाकुर शर्मा र गोपी मैनालीले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखे । कृतिकारका दाजु एवम् साहित्यकार विजय चालिसेले कृतिबारे आफ्नो विचार राखे ।

प्रमुख अथिति रोचक घिमिरेले रमेश विकलको सिर्जनाभूमिमा आएर उनकै सुपुत्रको कृति लोकार्पण गर्न पाउँदा खुसी लागेको बताउँदै ४०–४५ वर्षअघि यस क्षेत्रमा विकलसँग पटक पटक भ्रमणमा आएको प्रसंग स्मरण गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro