site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

इस्लामाबाद । पाकिस्तानको पञ्जाबको फतेह जंग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको भने २२ जना घाइते भएका छन् ।

जियो न्युजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ । उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए ।

Dabur Nepal
NIC Asia

तीन महिलासहित ६ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन् ।

जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरवाहीका कारण भएको बताएको छ । मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

गत महिना विवाहका पाहुनाहरूसहितको ‘अत्यधिक गतिमा’ गुडिरहेको बस पुलबाट सिन्धु नदीमा खस्दा गिलगिट–बाल्टिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।

त्यसअघि सेप्टेम्बरमा बलुचिस्तानको शेरानीको दानासर क्षेत्रमा बस खाडलमा खस्दा ६ जनाको मृत्यु र अन्य २० जना घाइते भएका थिए ।

शनिबारको एउटा घातक दुर्घटनामा ज्याकोबाबादको थुल क्षेत्रमा यात्रुवाहक बस खाडलमा खस्दा पाँचजनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ ।

अक्टोबर २७ मा एउटा यात्रुवाहक बस खाडलमा खस्दा चार जनाको मृत्यु र २३ भन्दा बढी घाइते भएका थिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro