काठमाडौं । देशका केही स्थानमा शनिबार (अस्ति) र आइतबार (हिजो)को तुलनामा आज तापक्रममा थोरै गिरावट देखिएको छ ।
सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३.७ डिग्री सेल्सियस छ । आइबार जुम्लाको न्यूनतम तापक्रम १.७ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
सोमबार डडेलधुराको न्यूनतम तापक्रम ५.२, ताप्लेजुङको ५.६, वीरेन्द्रनगरको ७.०, ओखलढुंगाको ७.२, पोखराको ७.८, धनकुटाको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
सोमबार, आइतबार र शनिबारको तापक्रमको विवरण हेर्नोस्–