site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी सेरामिक्सको पहिलो एक्स्क्लुसिभ डिलर चितवनमा

काठमाडौं । भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर नियुक्त गरेको छ ।

लेमिनार चितवनको रत्ननगरस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई नियुक्त गरेको हो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको रत्ननगर–३, शान्तिचोकमा अवस्थित जय गोरखाली टायल्स एन्ड मार्बल सप्लायर्सको आज एक समारोहबीच उद्घाटन गरेका हुन् ।

कम्पनीको डिलरशिपका चार श्रेणीहरूमध्ये ‘एम्पोरियो’ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरूको वितरण गर्छ ।

कम्पनीले आफ्ना उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउने उदेश्यका साथ १०० भन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ ।

लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन लुम्बिनी सेरामिक्सले आउँदो वर्ष २०२५ मा यस्ता अन्य ५० भन्दा बढी विशेष शोरूमहरूको स्थापनाको यात्रातर्फको पहिलो पाइला भएको  बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro