site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामसङको ‘ग्यालेक्सी बड्स कोर’ नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले नेपालमा आफ्नो अहिलेसम्मकै सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेको छ । प्रिमियम विशेषता समेटिएको यो नयाँ इयरबड्स आजदेखि नेपालभर सामसङका आधिकारिक बिक्रेतामार्फत बिक्रीमा उपलब्ध हुनेछ । यसको मूल्य मात्र सात हजार ३९९ रुपैयाँ तोकिएको छ ।

दैनिक प्रयोगलाई सहज बनाउने हिसाबले डिजाइन गरिएको ग्यालेक्सी बड्स कोरमा उत्कृष्ट ध्वनि अनुभव, एक्टिभ न्वाइज क्यान्सिलेसन, शक्तिशाली बास र ग्यालेक्सी एआईजस्ता विशेषता उपलब्ध छन् । यसले प्रयोगकर्तालाई हल्ला भएको स्थानमा पनि स्पष्टरूपमा कुराकानी गर्न सक्ने सुविधा दिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस इयरबड्समा प्रयोग गरिएका डायनामिक ड्राइभरले गहिरो र जीवन्त ध्वनि प्रदान गर्छन् । तीनवटा माइक्रोफोन प्रणालीले फोन कल वा मिटिङको क्रममा आवाजलाई सफा र स्पष्ट राख्न मद्दत गर्छ । साथै, प्रत्येक इयरबडमा रहेको सुरक्षित र सहज प्वाँखजस्तो टिप्सले कानमा राम्रोसँग फिट भएर सक्रिय गतिविधिमा समेत सहजता दिने कम्पनीको दाबी छ ।

ग्यालेक्सी बड्स कोरको सबैभन्दा आकर्षक फिचर भनेकै ग्यालेक्सी एआई इन्टरप्रिटर हो, जसले आमनेसामनेको संवादमा दुईतर्फी रियल टाइम अनुवाद प्रदान गर्छ । तपाईंले आफ्नो भाषामा बोलेको कुरालाई इयरबड्सले तुरुन्तै अनुवाद गरेर जवाफ दिने भएकाले यो प्रविधि बहुभाषिक संवादका लागि निकै उपयोगी छ ।

यो इयरबड्स स्मार्ट फिचरहरूले पनि भरिपूर्ण छ । जसमा टच कन्ट्रोलमार्फत संगीत, कल र भ्वाइस असिस्टेन्ट सजिलै चलाउन सकिन्छ । साथै, विभिन्न उपकरणहरूबीच सजिलै स्विच गर्ने सुविधा, मल्टि–डिभाइस कनेक्टिभिटी, सामसङ फाइन्ड एपमार्फत हराएका इयरबड्स फेला पार्ने सुविधा पनि यसमा समावेश छन् ।

ग्यालेक्सी बड्स कोरमा आईपी ५४ रेटिङ छ, जसले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ । ब्लुटुथ ५.४ प्रविधिबाट छिटो र स्थिर जडान सुनिश्चित गरिन्छ । चार्जिङ केससहित यसको ब्याट्री आयु ३५ घण्टासम्म रहेको छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन प्रयोग गर्दा पनि २० घण्टासम्म टिक्न सक्नेछ ।

सेतो र कालो रंगमा उपलब्ध यो इयरबड्स नेपाली प्रयोगकर्ताका लागि सस्तोमा उत्कृष्ट अनुभव दिने विकल्पका रूपमा रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्